राप्ती–५ लठ्ठहवामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते



राप्ती–५ लठ्ठहवामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

सिसहनियाँ २७ फागुन । राप्ती गाउँपालिका–५ लठ्ठहवामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बुधबार बिहान करिब ८:४५ बजेको समयमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

रोल्पाबाट कुशुमतर्फ जाँदै गरेको रा ६ प ५५४ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गरिरहेको रा ३ प १३१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा रा ३ प १३१ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका–५ लठ्ठहवा निवासी अन्दाजी ३०/३२ वर्षका सुशील चौधरी मध्यम घाइते भएका छन्। त्यस्तै रा ६ प ५५४ नम्बरको मोटरसाइकल चालक रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका–१ निवासी ३२ वर्षीय इन्द्रबहादुर खत्री सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये सुशील चौधरीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती आधारभूत अस्पताल सिसहनियाँ लगिएको छ। इन्द्रबहादुर खत्रीको अवस्था भने सामान्य रहेको बताइएको छ। दुवै मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे