प्युठानमा कांग्रेसका प्रा. डा. गोविन्दराज पोखरेललाई हराउँदै रास्वपाका सुशान्त वैदिक विजयी
प्युठान २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैदिक विजयी भएका छन् ।
शनिबार सम्पन्न अन्तिम मतगणनाको परिणाम अनुसार उनले २७ हजार ४६९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरे। नेकपा एमालेका सूर्य थापाले १६ हजार ७१० मतसहित तेस्रो स्थान हासिल गरे।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दै चौथो स्थानमा रहे भने राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जिसीले ७ हजार ६५४ मत ल्याएर पाँचौं स्थानमा सीमित भए। जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेकामा ८४ हजार ४३३ मत खसेको थियो। तीमध्ये ८१ हजार १४६ मत सदर र ३ हजार २८७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
