दाङ-३ मा कांग्रेसका दिपक गिरीलाई हराउँदै रास्वपाका कमल सुवेदी भारी मतले विजयी



दाङ-३ मा कांग्रेसका दिपक गिरीलाई हराउँदै रास्वपाका कमल सुवेदी भारी मतले विजयी

दाङ २३ फागुन । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी भारी मतले विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङले शनिबार घोषणा गरेको मत परिणाम अनुसार सुवेदीले ४४ हजार २ सय ४८ मतका साथ विजयी भएका छन् ।

सुवेदीले नेपाली कांग्रेसका दिपक गिरीलाई भारी मतको साथ हराएका छन् । सुवेदी २७ हजार ७ सय ९५ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गिरीले १६ हजार ४ सय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार १ सय ९५ मत र नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३ सय २८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे