दाङको तुलसीपुरका एक जना किरियापुत्रीले गरे मतदान



दाङको तुलसीपुरका एक जना किरियापुत्रीले गरे मतदान

दाङ २१ फागुन । दाङको तुलसीपुरका एक जना किरियापुत्रीले मतदान गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१० का किरियापुत्री  शम्भु रेग्मीले परिवारसँगै पैदल हिँडेर गई मतदान गरेका हुन्।

किरियापुत्री रेग्मीले श्रीमती विमला केसी र अपांगता भएकी बहिनी अनिता रेग्मीसँगै मतदानका लागि पैदल हिँडेर पढ्ढा गाउँबाट गौरीगाउँस्थित वडा कार्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए। ‘मैले अराजकताको अन्त्य र देशको निकास तथा सुन्दर भविष्यका लागि मतदान गर्न गएको हुँ,’ रेग्मीले भने, ‘म मात्रै होइन मेरो श्रीमती र अपाङ्गता भएकी बहिनीसमेत पढ्ढा गाउँबाट हिडेर गौरीगाउँ पुगेर मतदान गरि फर्किएका हौं।’ रेग्मीका  पिता गणेश रेग्मीको ७ दिनअघि निधन भएको थियो। पढ्दाबाट मतदान स्थलसम्म हिँडेर जान झन्डै आधा घन्टा जति लागेको बताए।

शम्भुले  भाइ साउदीमा रहेको हुँदा बिदा नमिलेका कारण घर आउन नसकेको बताए। किरियापुत्री शम्भू विगतमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित र हाल नेपाली कम्युनिस्ट पार्टीका दाङ क्षेत्र नं. ३ का उम्मेदवार धनबहादुर मास्की लुम्बिनी प्रदेशमा अर्थमन्त्री छँदा स्वकीयका रूपमा काम गरेका व्यक्ति हुन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे