कालाकाटे सडक दुर्घटना : चालकलाई कारवाही र क्षतिपूर्तिको माग राखी सडक अवरुद्ध



कालाकाटे सडक दुर्घटना : चालकलाई कारवाही र क्षतिपूर्तिको माग राखी सडक अवरुद्ध

भालुवाङ २९ माघ । देउखुरीको कालाकाटे क्षेत्रमा टिप्परले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ।

गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोर कुमार पुनको मृत्यु भएपछि ठक्कर दिने टिप्पर चालकलाई कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन्।प्रहरीका अनुसार बिहान भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्पर र कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा १ ह ७३५५ नम्बरको अटो आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक पुनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो। मृतक पुनको शव भालुवाङ अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए। स्रोत देश सञ्चार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे