लमही महोत्सवमा अहिले सम्मकै भीड : दशौं दिन गायिका प्रिति, रमेशराज र मञ्जुको प्रस्तुती



लमही महोत्सवमा अहिले सम्मकै भीड : दशौं दिन गायिका प्रिति, रमेशराज र मञ्जुको प्रस्तुती

भालुवाङ १७ माघ । दाङको लमहीमा सञ्चालन भइरहेको तेस्रो देउखुरी कृषि, पर्यटन तथा व्यापारिक लमही महोत्सवको शनिवार दशौं दिन अहिले सम्मकै निकै भीड रहेको थियो । हजारौं दर्शकका माझमा राष्ट्रिय स्तरका कलाकारहरुले भरपुर्ण मनोरञ्जन प्रदान गरेका थिए ।

स्वरोजगार आत्मनिर्भरता हाम्रा अधार, शहर देखि गाउँ सम्म व्यवसाय विस्तार भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्सको आयोजनामा गत माघ ७ गते देखि दाङको लमहीमा सञ्चालित लमही महोत्सव २०८२ को दशौं दिन हजारौं दर्शकका माझ बहुचर्चित गायिका प्रिति आले, बहुचर्चित गायक रमेशराज भट्टराई, गायिका तथा उद्घोषिका मञ्जु पौडेल, गायिका ममता तमाङ, गायक तथा सञ्चारकर्मी देवेन्द्र बस्नेत लगायतका कलाकारहरुले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएका थिए । चर्चित गायिका प्रिति आलेको सांगीतिक प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण बनेको थियो ।
गायिका आलेको रक्सी छैन जाडै खाउ है नभएनी मिठो बोलको चर्चित गीत प्रस्तुत गरेपछि लमही महोत्सवका दर्शक जुर्मुराएका थिए । महोत्सवमा चर्चित गायिका आलेले गाउको ¥याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए ।

महोत्सवमा गायिका प्रितीले गाएको चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आफ्नै बाटो लागिहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्कीएकी थिइन् । आलेका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लासका साथ रमाएका थिए । त्यस्तै आज पनि बहुचर्चित गायक रमेशराज भट्टराईले केहि धमाकेदार प्रस्तुतिले महोत्सवस्थल गुञ्जायमान बनाएका थिए । भट्टराईले आफ्ना चर्चित हिट गीतहरू ‘राजा राजा भन्थी बाजा बजाएर गई र बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई गाउन सुरु गरेसँगै दर्शकको हुटिङले महोत्सवस्थलको वातावरण झन् आकर्षक बनेको थियो । उनका भन साइला तिमी लास्टै क्यूटी, ल्याङ ल्याङ गर्ने बानी लगायका गीत गाउँदा दर्शकहरु भरपुर मनोरञ्जन लिएका थिए । त्यस्तै महोत्सवमा गायिका तथा उद्घोषिका मञ्जु पौडेलले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेकी छन् । मञ्चमा उत्रिएकी पौडेलले एकपछि अर्को गीत प्रस्तुत गर्दा महोत्सवस्थलमा दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

उनका गीतमा दर्शकहरू ताली बजाउँदै झुमेका थिए भने कतिपय दर्शक मोबाइलमा भिडियो खिच्दै उत्साहपूर्वक सहभागी भएका थिए । विशेषगरी स्थानीय दर्शकले रुचाएका गीतहरू प्रस्तुत गर्दा माहोल अझै उत्साहपूर्ण बनेको थियो । त्यस्तै गायिका ममता तमाङ, गायक तथा सञ्चारकर्मी देवेन्द्र बस्नेतले पनि आफ्ना गीत मार्फत दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएका थिए । महोत्सवमा उद्घोषको रुपमा रहेका अनुप बुढाले पनि आफ्ना गीत मार्फत दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएका थिए । त्यस्तै डान्सरहरू सुस्मिता कोइराला, रूवी विक लगायतका स्थानीय कलाकारहरूले पनि भरपूर्ण मनोरञ्जन दिएका थिए ।

यसै गरी महोत्सवमा माघ १८ गते आइतबार बहुचर्चित गायक प्रकाश दास, गायिका तथा उद्घोषिका मञ्जु पौडेल, थारु गायक दोषहरण चौधरी लगायतका कलाकारहरुको प्रस्तुती रहने मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् । भने उद्घोषकको भुमिकामा अनुप बुढा, दिपक बर्मा, पनि रहने छन् । भने स्थानीय कलाकारहरु डान्सरहरू सुस्मिता कोइराला, रूवी विकको टिमले पनि मनोरञ्जन दिने आयोजकले बताएको छ । बढ्दो चोरी तथा दुर्घटनालाई मध्ये नजर गरि लमही बजारका विभिन्न क्षेत्रमा सिसि क्यामरा जडान गर्ने, पर्यापर्यटन क्षेत्रको प्रवद्र्धन र कला सँस्कृतिको संरक्षण सँगै कृषि तथा उद्यम क्षेत्रको विकास गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा २०० स्टल रहेका छन् । जस मध्ये ५० वटा कृषि उपजलाई छुट्याइएको छ । करिव ३ लाख दर्शकले अवलोकन गर्ने, करिव ३ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे