देउखुरीकाे लमहीमा तेस्रो देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव सुरू

देउखुरीकाे लमहीमा तेस्रो देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव सुरू

लमही ७ माघ । दाङको लमहीमा बुधबार देखि तेस्रो देउखुरी कृषि पर्यटन तथा व्यापारिक लमही महोत्सव २०८२ सुरू भएको छ ।

स्वरोजगार आत्मनिर्भरता हाम्रा अधार, शहर देखि गाउँ सम्म व्यवसाय विस्तार भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्सको आयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन नेपाल चेम्बर अफ कसर्म लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोख्रेलले गरे । महोत्सव उद्घाटन गर्दै अध्यक्ष पोखरेलले स्थानीय कला संस्कृतिलाई पर्यटन संग जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउन सकिनेमा जोड दिएका छन् । उनले समग्र आर्थिक गतिविधिसंग नजोडिँदा सम्म परम्परा र संस्कृति पनि समृद्ध हुन नसक्ने भन्दै आर्थिक गतिविधिसँग जोड्न अपिल गरे ।

‘हाम्रा संस्कृतिहरुलाई पर्यटनसँग, आर्थिक गतिविधिसँग जोड्न जरुरी छ । यसमा तीन तहका सरकारलेनै बेसी ध्यान दिन आवश्यक छ’उनले भने, ‘निजी क्षेत्रको योगदान धेरै छ । हामी मिलेर अघि बढ्यौं भने जस्तोसुकै चुनौतीको सामना गर्न सक्छौं ।’ समग्र देशमा लगानीको वातारण बनिनसकेको अवस्था दर्साउदै उनले निजी क्षेत्रको मनोबल बढाउन राज्यका निकायहरुनै बढी जिम्मेवार बन्नुपर्ने बताए । ‘निजी क्षेत्र समृद्धिसँग जोडिन चाहन्छ । उत्पादन, रोजगारी र समृद्धिको मुल लक्ष्य अनुसार अघि बढीरहेका छौं’उनले भने,‘स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसंग साझेदारी गरेरनै मुलुकको समृद्धि सम्भव रहेको अध्यक्ष पोखरेलले बताए ।

बढ्दो चोरी तथा दुर्घटनालाई मध्ये नजर गरि लमही बजारका विभिन्न क्षेत्रमा सिसि क्यामरा जडान गर्ने, पर्यापर्यटन क्षेत्रको प्रवद्र्धन र कला सँस्कृतिको संरक्षण सँगै कृषि तथा उद्यम क्षेत्रको विकास गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिएको छ । लमही चेम्बर अफ कमर्सका अध्यक्ष किरणकुमार बुढाथोकीको अध्यक्षता एवम् नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा नेपाल चम्बर अफ कमर्स लुम्बिनी प्रदेश उपाध्यक्ष श्रीधर महरा, देउखुरी उद्योग वाणिज्य संघका महासचिव हरि थापा, पूर्व अध्यक्ष लिलाराम खनाल, थारु कल्याणकारीणी सभा लमही नगरका सभापति शिवप्रसाद चौधरी, चेम्बर अफ कमर्स लमहीका पूर्व अध्यक्ष शितल भुसाल, नेपाल टेलिभिजनका दशरथ घिमिरे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चेम्बरका उपाध्यक्ष प्रमोद बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले गरेकी थिइन् । महोत्सवमा २०० स्टल रहेका छन् । जस मध्ये ५० वटा कृषि उपजलाई छुट्याइएको छ । करिव ३ लाख दर्शकले अवलोकन गर्ने, करिव ३ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवले स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने लक्ष्य राखिएको छ । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन गरिएको छ । महोत्सव अवधिभर चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहेका छन् । महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधीभर ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे