चेतनशिल महिला सहकारीको साधारणसभा



चेतनशिल महिला सहकारीको साधारणसभा

शिबराज पन्थी, गढवा २६ पुस ।

देउखुरीको गढवामा बिगत लामो समयदेखि महिलाहरुले मात्र संचालन गर्दै आएको पुरानो सहकारी संस्था चेतनशिल महिला समाज केन्द्रको १४ औं बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सकुन्तला डिसीको अध्यक्षता र सहकारी सञ्जाल गढवाका अध्यक्ष अशोककुमार यादवको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका सचिव उत्तम चौधरीले प्रगति प्रतिबेदन र सह ब्यवस्थापक अस्मिता सिंह ठकुरीले झण्डै ३ करोड बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।


कार्यक्रममा गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त, कणर्ली विकास बैंक गढवाका प्रबन्धक बसन्तकुमार शर्मा, नागरिक समाज गढवाका संयोजक मोहनकुमार पाण्डेय, पौष्टिक कृषि सहकारी संस्थाका सचिव खुमानन्द पोखे्रल, गढवा खानेपानीका टोपलाल सुबेदी सागर, रेडक्रस गढवाका सभापति दिपककुमार यादव, उपसभापति कोकिला शाही, दलित शसक्तिकरण अभियानका सचिव जया बिश्वकर्मा र पत्रकार दुखहरण यादव लगायतले बोलेका थिए ।

सो अवसरमा उत्कृष्ट बचतकर्ताको रुपमा रिता गुप्ता, माधी बोहोरा र रितादेवि भण्डारी तथा उत्कृष्ट ऋणीका रुपमा मञ्जु चौधरी, कृष्णा थापा र बिष्णुदेवी थापालाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । सञ्चालक समितिका इश्वरा पाठकको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभाको संचालन ब्यवस्थापक ओभा पाठकले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे