शंकर पोखरेल दाङ–२ बाटै लड्ने
दाङ ४ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ–२ बाटै उम्मेदवार बन्ने निश्चित भएको छ ।
यही क्षेत्रबाटै पोखरेलले चुनाव लड्दै आएका छन् । शनिबारको सचिवालय बैठकले भने पोखरेललाई यो क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको थिएन । उपमहासचिव लेखराज भट्टले निर्णय सुनाउँदा दाङ–२ मा अध्यक्ष केपी शर्मा ओलीले पछि टुंगो लगाउने बताएका थिए । तर, आज यही क्षेत्रबाट महासचिव पोखरेल उम्मेदवार बन्ने टुंगो लागेको उच्च स्रोतले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्

