प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीद्वारा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाकाे उम्मेदवारी घाेषणा
भालुवाङ २९ पुस । आगामी फागुन २१ गते हुन गइरहेकाे प्रतिनिधिसभा सदस्यका लागि राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीले आफ्नाे उम्मेवारी घाेषणा गर्नु भएकाे छ । दाङकाे राप्ती गाउँपालिका-८, बिजाैरी निवासी मञ्चका अध्यक्ष अधिकारीले दाङ क्षेत्र नम्बर १ बाट आफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन् ।
अध्यक्ष अधिकारीले नेपाल कम्युनिस्ट पार्टी बामपंथी र नेकपा संयुक्तको एकल सिफारिसमा दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फको उम्मेदवारी घोषणा गरेका हुन् । मंगलबार राप्ती गाउँपालिका-४, माैरीघाटमा पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवारको घोषणा गरेका हुन् । अध्यक्षले बढ्दाे राजनितिक बेथिती र भष्ट्रचारका बिरूद्ध आफ्नाे उम्मेवादी रहेकाे बताएका छन् । मञ्चका बरिष्ठ उपाध्यक्ष सन्ताेषकुमार गुप्ताकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष अधिकारीले आफू निर्वाचित भएकाे खण्डमा भूई मान्छेहरूकाे आवाजलाई जाेडदारका साथ उठाउने र कानुनमा समेत भूई मान्छेका हक अधिकारका लागि आफू पदमा रहे पनि नरहे पनि गरिब र निमुखाकाे आवाज निरन्तर रूपमा उठाउने बताए । उनले जेनजी बिद्राेहपछि मुलुकमा नयाँ आयाम थपिएपनि आन्दाेलनले उठाएकाे माग सम्बाेधन गर्न आफू निरन्तर लागि परेकाे बताए । पुराना दल कै कारण देश अनिर्णयको बन्दी बनेकाे जिकिर गर्दै अध्यक्ष अधिकारीले अब मुलुकलाई सही दिशा तर्फ लैजान नयाँ साेच र नयाँ उर्जाशिल व्यक्तिहरूलाई मतदान गर्न नागरिकहरूमा अह्वान समेत गरे ।
तत्कालिन बिद्राेही समूह नेकपा माओवादीबाट राजनितिक यात्रा शुरू गर्नु भएका अधिकारी लामाे समय काठमाडौंमा बसेर पत्रकारिता र क्रान्तिकारी आन्दाेलनलाई अघि बढाउँदै आएका थिए । माओवादी मै लागे कै कारण अध्यक्ष अधिकारी पटक-पटक सैनिक हिरासतमा परेका थिए । अधिकारी तत्कालिन माओवादी केन्द्र परित्याग गरी एमालेबाट बिभाजित माधवकुमार नेपालकाेकाे पार्टी नेकपा एकिकृतमा जाेडिए । त्यहाँ पनि बिचार नमिलेपछि तत्कालिन नेकपा एकीकृत परित्याग गरी आफैले नेकपा बामपन्थी गठन गरी कम्युनिष्ट आन्दाेलनलाई अघि बढाउँदै आएका छन् । अध्यक्ष अधिकारी हाल नेकपा बामपन्थीकाे केन्द्रीय महासचिव रहेका छन्

