देउखुरीमा कला, साहित्यलाई बृहत ढंगले लगिने



देउखुरीमा कला, साहित्यलाई बृहत ढंगले लगिने

शिबराज पन्थी, गढवा २६ पुस ।

देउखुरी क्षेत्रमा भाषा,साहित्य, कला र संस्कृतिलाई बृहत रुपमा संचालन गर्ने गरी बार्षिक कार्यक्रमहरु तय भएको देउखुरी साहित्य मञ्च दाङले जनाएको छ । मञ्चका अध्यक्ष हरि पोखे्रलको अध्यक्षतामा शुक्रवार देउखुरीको लमहीमा बसेको बैठकले संस्थागत समिक्षा गर्दै कोभिड-१९ का कारण साहित्यिक गतिविधि पछाडी परेको भन्दै अबका दिनमा यसलाई बृहत ढंगले सञ्चालन गर्न बिभिन्न कार्यक्रमहरु तय भएको संस्थाले जनाएको छ ।

जस अनुसार संस्थाको पहिचानलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा बिकास गर्न मञ्चको नाममा सामाजिक सञ्जाल पेज बनाई अन्र्तराष्ट्रिय साहित्य समाजसंग अनलाइन प्रबिधिबाट जोडिएर लाइभ कार्यक्रमहरु गर्ने गरी संस्थापक उपाध्यक्ष हिमोढ पहाडी संयोजकत्वमा आषिस कल्पबृक्ष र गुरुप्रसाद कुमाल बुलबुल रहेको एक उपसमिति गठन गरिएको अध्यक्ष पोखे्रलले जानकारी दिए ।

यसैगरी मञ्चका नियमित कार्यक्रम अन्तर्गत प्रत्येक महिनाको दोश्रो साता ३ गायक ३ गित, ३ गजलकार ३ गजल, एक शिक्षालय तीन कार्यक्रम, ३ कबि ३ कविता कार्यक्रम तथा श्रष्टा परिचय, कृति समिक्षा एवं कृति बिमोचनका कार्यक्रमहरु संचालन गरिने भएको छ । यसैगरी संस्थाको अधिबेशन बैशाखको दाश्रो साता गर्ने र सोही अबसरमा बिमोचन हुनेगरी बार्षिक साहित्यिक मुखपत्र स्तम्भ प्रकाशन गर्ने निणर्य भएको मञ्चले जनाएको छ ।

जसका लागि महासचिव निमबहादुर थापाको संयोजकत्वमा सल्लाहकार छविलाल कोपिला र सचिव शिबराज पन्थीलाई जिम्मेवारी प्रदान गरिएको छ । संस्थाको बार्षिक साधारणसभा तथा स्रष्टा सम्मान तथा पुरस्कृत गर्ने कार्य आगामी २०७८ असोजमा गर्ने र आगामी माघ ९ गते लमहीमा सामाजिक सञ्जालमुखी कार्यक्रम सहित ३ कविका ३ कविता वाचन र ब्यक्तित्व पपरिचयको कार्यक्रम तय भएको मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष हरि पोखे्रलको अध्यक्षतामा भएको बैठकमा सल्लाहकारहरु जागेश्वर शर्मा,महासचिव निमबहादुर थापा, उपाध्यक्ष राधा गौतम, संस्थापक उपाध्यक्ष हिमोढ पहाडी, बरिष्ठ उपाध्यक्ष शेरबहादुर चौधरी, साहित्यकर्मीहरु गंगानाथ कोइराला, शिबराज पन्थी, आषिस कल्पबृक्ष, केडि शर्मा एकल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे