दाङ र रोल्पाका दुई संक्रमित महिलाको बाँकेमा मृत्यु



दाङ र रोल्पाका दुई संक्रमित महिलाको बाँकेमा मृत्यु

नेपालगञ्ज  २६ पुस । बाँकेमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार, रोल्पा लिवाङका ४२ वर्षीया महिला र दाङ बबई गाउपालिकाका ८० वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ।

रोल्पाका ४२ वर्षीया महिलालाई पुस २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पु¥याइएको थियो । भने दाङका ८० वर्षीया महिलालाई पुस ९ गते कोहलपुर मेडिकल कलेजमा पु¥याइएकोमा उनलाई भोलिपल्ट कोरोना पुष्टि भएपछि भेरी अस्पताल, नेपालगञ्जमा पु¥याइएको थियो। हाल सम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ८२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे