लुम्बिनी प्रदेशका १०९ पालिकामा कोसेली घर



लुम्बिनी प्रदेशका १०९ पालिकामा कोसेली घर

तुलसीपुर, २६ पौष । लुम्बिनी प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले १२ वटै जिल्लाका एक सय नौ स्थानिय तहमा कोसेली घर बनाउने बताएकी छिन् । बजार अभावका कारण स्थानिय उत्पादनको प्रर्वद्धन हुन नसकेको बताउदै मन्त्री पौडेलले सरकारले एक स्थानिय तह एक कोसेली घर बनाउने योजना अनुसार काम भईरहेको बताउदै उनले सवै ठाउँमा कोसेली घर सन्चालनमा ल्याउने बताएकी हुन् ।

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाको छैठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन उद्घाटन गदै मन्त्री पौडेलले यस्तो बताएकी हुन् । कृषकले स्थानिय स्तर उत्पादन गरेको बस्तुले बजार नपाउने र मुल्य पनि नपाउने अवस्था भएकोले सरकारले नै कोसेली घर सन्चालन गरी त्यस्ता बस्तुलाई बजार व्यवस्थापन गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे