दुई लेन सडक परियोजना तत्काल खारेज नगरिए पुस ७ गते देखि सरकारी सवारी साधन चल्न नदिने



दुई लेन सडक परियोजना तत्काल खारेज नगरिए पुस ७ गते देखि सरकारी सवारी साधन चल्न नदिने

भालुवाङ ५ पुस । दाङको धानखोला–लमही दुई लेन सडक परियोजना तत्काल खारेज नगरिए देउखुरी क्षेत्रमा पुस ७ गते देखि सरकारी सवारी साधन चल्न नदिने धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिले चेतावनी दिएको छ । संघर्ष समितिका संयोजक प्रकाश शाहीले शनिबार जारी गरेको प्रेस विज्ञप्ति सो चेतावनी दिएको हो ।

एमसिसी अन्तर्गत एमसिए नेपालले अघि बढाएको धानखोला–लमही दुई लेन सडक परियोजना तत्काल खारेज गरी चार लेन एसियन हाइवे निर्माण प्रक्रिया अघि बढाउन संर्घष समितिले माग गरेको छ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र समेत रहेको देउखुरीमा दुई लेन सडक दीर्घकालीन रूपमा अव्यवहारिक, असुरक्षित तथा विकास विरोधी हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे