अखिल नेपाल शिक्षक संघ दाङको पाँचौँ अधिवेशन : खनालको नेतृत्वमा नयाँ जिल्ला समिती चयन



अखिल नेपाल शिक्षक संघ दाङको पाँचौँ अधिवेशन : खनालको नेतृत्वमा नयाँ जिल्ला समिती चयन

देउखुरी ५ पुस । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघ जिल्ला समिती दाङ–देउखुरीको पाँचौँ जिल्ला अधिवेशनले ठाकुर खनालको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला समिती सर्वसम्मत चयन गरेको छ । संघको आज शनिबार देउखुरीको लमहीमा सम्पन्न भएको अधिवेशनले खनालको नेतृत्वमा नयाँ जिल्ला कार्य समिती सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षहरूमा तुलसी भण्डारी, संगीता गिरी, सचिवमा रामकृष्ण पौडेल, सह–सचिवमा उमाकला खनाल, कोषाध्यक्ष बिष्णु पोख्रेल र सह–कोषाध्यक्षमा ललिता पोख्रेल रहेका छन् । त्यसैगरी सदस्यहरूमा नेत्र खनाल, कृष्ण थापा, कमला पाण्डे, सरिता आचार्य (खनाल), मदेन गुरूङ्ग, दिपक पोख्रेल, ओमबहादुर मगर, माधव बेल्बासे, शरदराज शर्मा, केशब पौडेल, शुशिला थापा र अञ्जना रिजाल रहेका छन् ।  त्यसैगरी संघको सल्लाहकारहरूमा डिलाराम पौडेल, मधु पण्डित, डिआर भण्डारी र यशोदा पुनलाई चयन गरेको छ । त्यसैगरी अधिवेशनले संघको केन्द्रीय प्रतिनिधिमा ४ जनालाई चयन गरेको छ । जसमा रूमालप्रसाद बस्याल, केशबराज आचार्य, बिप्लब अधिकारी र सरिता पोख्रेल रहेका छन् ।

संघका जिल्ला अध्यक्ष रूमालप्रसाद बस्यालको अध्यक्षतामा एवम् संघका केन्द्रीय सदस्य कपिलदेव खनालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनलाई शिक्षक संघ कै केन्द्रीय सदस्य भानु जिएम, लालबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पूर्णिमा आचार्य, अखिल नेपाल किसान महासंघ (अफ्फा)का माधबप्रसाद आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य सुन्दरप्रसाद चौधरीले लगायतका बक्ताले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । संघका जिल्ला उपाध्यक्ष तुलसी भण्डारीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव ठाकुर खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे