उच्च अदालतद्वारा रवि लामिछानेलाई धराैटीमा रिहा गर्न आदेश



उच्च अदालतद्वारा रवि लामिछानेलाई धराैटीमा रिहा गर्न आदेश

काठमाडौं ३ पुस । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ ।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न आदेश भएको हो । सहकारी ठगी प्रकरणमा मुछिएका उनलाई बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रिहा गर्न आदेश दिएको हो। उच्च अदालतले बिगो बराबर धरौटी माग गर्ने आदेश गरेको हो । उच्चले धरौटी माग गरेपछि सो बराबरको रकम बुझाएर उनी थुनामुक्त हुने छन् ।

उच्चले उहाँको हकमा आफ्नो दायित्व बराबरको विगो राख्न तयार भएको भनि निवेदन समेत दिएको देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो । अदालतले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ । यो आदेशपछि नख्खु कारागारमा रहेका लामिछाने रिहा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे