राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल लुम्बिनी प्रदेशकाे अध्यक्षमा गोविन्द भुसाल सर्वसम्मत चयन
बुटवल २७ मंसिर । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा फर्वड खवर बुटवलका गोविन्द भुसाल सर्वसम्मत चयन भएका छन् । “नेपाली लोक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रचार–प्रसार गरौँ, शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार तथा सञ्चारकर्मीहरूको हकहित सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ शनिवार बुटवलमा भएको भेलाले भुसालको अध्यक्षतामा २ सदस्य पछि मनोनित गर्ने गरी १७ सदस्यीय लुम्बिनी प्रदेश कार्यसमिति गठन गरिएको छ ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रेडियो रेसुङ्गा गुल्मीका अनिता खत्री, उपाध्यक्षमा ए वान टेलिभिजन अर्घाखाँचीका नवराज पाण्डे, सचिवमा जि टिभी नेपाल गुल्मीका दीपक नेपाली, सह–सचिवमा उपकार अनलाइान टिभी पाल्पाका विराट पहारी, कोषाध्यक्षमा बुद्ध टेलिभिजन रुपन्देहीका बसन्त लम्साल र सह–कोषाध्यक्षमा रेडियो मुक्ति बुटवलका मनिषा बस्याल सर्वसम्मत चयन भएका छन् ।
यसै गरी प्रवक्तामा बुटवल टुडे अनलाइन टिभी रुपन्देहीका हरि बहादुर वि.क (सुबास), महिला विभाग प्रमुखमा बुटवल टुडे दैनिक रुपन्देहीका रिया बस्नेत, प्रचार विभाग प्रमुखमा बुटवल एफएम बुटवलका सुदीप गौतम र प्रचार विभाग सचिवमा पाल्पाका विवेक रायमाझी पनि सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा भौरा पाटी बर्दियाका ऋषि वाग्ले, देउखुरी टुडे डटकम दाङका ओमप्रकाश गुप्ता, मध्यान्न पत्रिका नवलपरासी पश्चिमका विनोद निगम र रेडियो जलजला रोल्पाका विरेन्द्र गिरी पनि सर्वसम्मत चयन भएका छन् ।
लुम्बिनी प्रदेश स्तरीय भेलाका अध्यक्ष गोविन्द भुसालको अध्यक्षता एवम् राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज तुलसिंह रनपछाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लोकगायक नारायण बीपी, बसन्त लम्साल तथा प्रमुख अतिथि रनपछाईँ लगायतले आ–आफ्नो धारणा राखेका थिए । भेलामा संगठनको वर्तमान अवस्था, भावी कार्यदिशा तथा संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको थियो । विशिष्ट अतिथिका रूपमा नारायण बी.पी. परियार लगायत प्रदेश तथा जिल्लाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सुवास बिसीले गरेका थिए ।

