म कुनै पार्टीमा प्रवेश गरेको छैन एमाले मै छु : बामदेव चौधरी



म कुनै पार्टीमा प्रवेश गरेको छैन एमाले मै छु : बामदेव चौधरी

भालुवाङ २३ मंसिर । दाङको राप्ती गाउँपालिका–६ भगवानपुर निवासी बामदेव चौधरीले आफु नेकपा एमालेमै रहेको बताएका छन् ।

उनले आज एक प्रेस विज्ञप्ती जारी गरि आफु एमालेमै रहेको स्पष्ट पारेका छन् । गत मंसिर २० गते नेपाली कांग्रेस ६ नम्बर वडा समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बामदेव चौधरीको नेतृत्वमा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको केहि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा समेत प्रकाशित समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् । साथै उनले आफु सहित रन्जु चौधरी र रामपति चौधरी पनि एमालेमै क्रियाशील रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे