दाङकाे घोराहीमा उपन्यास विमोचनसंगै प्रअ यादव र छात्रा पुनलाई विशेष अभिनन्दन गरिने
घोराही १७ मंसिर । २० वर्षकाे उमेरमा विद्यालयको प्रधानाध्यापक भएर कुसलतापूर्वक जिम्मेवारी सम्हाल्नु भएकी रक्षाकुमारी यादव र घोराही–१०, नारायणपुरस्थित श्री सिद्धरत्ननाथ नारायणपुरमा साइन्स विषयमा प्लसटू पासगरी एमबिबिएसमा पूर्ण छात्रबृत्तीमा नाम निकाल्न सफल रोशनी घर्ती मगरलाई घोराहीमा विशेष अभिनन्दन गरिने भएको छ । राप्ती साहित्य परिषद्को आयोजनामा नेपालकै सर्वाधाकि दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका उपन्यासकार सविन प्रियासनले प्रकाशन गर्न लाग्नु भएको नयाँ लुगा उपन्यास विमोचन समारोहमै उहाँहरुलाई विशेष अभिनन्दन गरिनेछ । सो अबरमा अन्य विभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान गरिनेछ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा मंसिर १८ गते बिहीबार विहान ११ः३० बजे आयोजना हुन लागि रहेको उपन्यास विमोचन र विशेष अभिनन्दन कार्यक्रममा उपस्थितिका लागि राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले सबैमा अनुरोध गरेको छ । शाखा अध्यक्ष यम रेग्मी र सचिव घनश्याम केसीले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण साहित्यकार, साहित्यअनुरागी, समाजसेवी, सञ्चारकर्मी, शिक्षाप्रेमी, अभियन्ता सबैमा अनुरोध गरेका छन् । १३ उपन्यासका रुपमा विमोचन हुन लागि रहेको नयाँ लुगा उपन्यास बाल उपन्यासका रुपमा रहेको र यसमा दुई दर्जन बढी बाल कथाहरुमा पनि समावेश भएको उपन्यासकार प्रियासनले जानकारी दिए । प्रियासनले यसैवर्ष यस अगाडी कालो मन र कडी उपन्यास बजारमा ल्याई सकेका छन् ।
प्रतिक्रिया दिनुहोस्

