तुलसीपुर उपमहानगरको सार्वजनिक सुनुवाई कार्यक्रम, नगरवासीको गुनासै गुनासो



तुलसीपुर उपमहानगरको सार्वजनिक सुनुवाई कार्यक्रम, नगरवासीको गुनासै गुनासो

तुलसीपुर २३ पुस । तुलसीपुर ६ का नारायण प्रसाद भण्डारीले कालोपत्रेका लागी भनेर सडकमा ग्राभेल होलेका लामो समय भयो ? कहिले हुन्छ सडक कालोपत्रे भन्दै कार्यक्रममा आफनो प्रश्न राखे । साथै उनले नाला बिनाका सडक निर्माण भएका छन् , दिगोपना र गुणस्तरिय कसरी हुन्छ ? यो उपमहानगरपालिकाले बजेट खर्च गर्ने मात्रै हो । पैसा खेर गइरहेको छ ? उनले भने ।

उनी जस्तै अर्का उपमहानगरबासी वडा नम्वर ८ का याम प्रसाद सुवेदीले तुलसीपुर बजारको मासु मार्केटमा गुणस्तरहिन मासु विक्रि वितरण भईरहेको छ । खै उपमहानगरपालिका र स्थानिय प्रशासनले नियमन गरेको हो । के हामीले नियमन गर्नेहो ? गाउँगाउँबाट विरामी, रोगी बसीबोका, राँगा, बंगर काटेर मासु विक्रि भईरहेको छ ।

खै यसमा उपमहानगरपालिकाले ध्यान दिएको ? विहिवार तुलसीपुर उद्योग बाणिज्य संघको सहभाल दोघरेमा आयोजित तुलसीपुर उपमहानगरपालिका कार्यालयको चालु आर्थिक बर्ष ०७७÷०७८ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

यस्तो गुनासो गर्नेमा उनीहरु मात्रै हैनन् धेरै नगरवासीले थुप्रै विषयबस्तुमा गुनासो र जिज्ञासा राखेका छन् । समाजसेवी टोप बहादु्र महतराले उपमहानगरको मेयर सुरक्षित आवास कार्यक्रमले ग्रामिण तथा दुर्गम बस्तीका बास्तविक विपन्न तथा गरिवलाई नछोएको बताए । बास्तविक पाउनै पर्ने विपन्न परिवारले अहिले सम्म जस्तापाता पाउन नसकेको गुनासो गदै बरु आफुले त्यस्ता गरिव बर्गका चार घरपरिवारको घर बनाईदिएको बताए ।

यस्तै तुल बहादुर खरालले सुत्केरी महिनाहरुले साउन देखी प्रोत्साहन भत्ता पाउन नसकेको गुनासो गरे । आहा तुलसीपुर अभियानका संयोजक दिपक काफलेले स्मार्ट सिटि भनेपनि तुलसीपुर सधै रातको समयमा अन्धकार हुने गरेको गुनासो पोखे । साथै उनले उपमहानगरपालिकाले युवाहरुको नेतृत्व विकास तथा खेलकुद विकासका लागी निति तथा कार्यक्रममा खासै नसमेटेको गुनासो गरे ।

कार्यक्रममा सहभागी अन्य नगरवासीले विकास निर्माणका कार्यदेखी शिक्षा,स्वास्थ्य, कार्यालयको सेवा प्रवाह , उपमहानगरको निति तथा कार्यक्रम, लक्षित समुहले पाउने सेवा सुविधा नपाएको, बास्तविक किसानले कृषि कार्यक्रम नपाएको लगाएतका थुप्रै विषयबस्तुमा प्रश्न गरेका थिए । नगरवासीको जिज्ञासा र प्रश्नको जवाफ कार्यालयका सम्वन्धित शाखा प्रमुखहरुले दिएका थिए ।

सोहि क्रममा बस्ती विकास शाखाका हिमाल शर्माले सुरक्षित आवासको बारेमा प्रष्ट पादै संघिय सरकारको तर्फबाट हुने कार्यक्रमको निवेदन माग गरी अहिले मुल्याङकन कार्य भईरहेको बताए । जसबाट आठ सय घरपरिवारलाई जस्तापाता वितरण गरिदै । यस्तैगरी स्थानिय सरकारको तर्फबाट पनि कार्यक्रम रहेको र अहिले माग भएका निवेदन प्रर्याप्त मात्रामा नआएको हुदा छुटेका विपन्न नागरिहरुलाई फेरी पनि वडा कार्यालयमा गएर निवेदन दिन आह्वान गरे ।

जनप्रतिनिधि आईसकेपछि जति सेवा प्रवाहमा सुहज र छिटो छरितो हुने पर्नेमा त्यसो हुन नसकेको नगरवासीको गुनासो थियो । यता तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सेवाग्राही मैत्री हुने गरी काम गरीरहेको बताउदै अझ थप प्रभावकारी ढङगले जनताको सेवा गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे । कार्यक्रममा कार्यालयका सुचना अधिकारी बाबुराम पाण्डेले कार्यालयको चौमासिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे