गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङेद्वारा तुलसीपुरमा भलिबल प्रतियोगिताको उद्घाटन



गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङेद्वारा तुलसीपुरमा भलिबल प्रतियोगिताको उद्घाटन

तुलसीपुर २३ पुस । दाङको तुलसीपुरमा बिहीबारदेखि खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । स्वतन्त्र युवा क्लवको आयोजनामा पुरुष खुल्ला भलिबल प्रतियोगिता सुरु भएको हो । २५ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न जिल्लाका २१ टिमको सहभागिता रहेको खेल संयोजक एचआर मगरले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अथिति गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) ले विश्वका कयौं देशहरुले खेलकुद क्षेत्रबाट नै आर्थिक समृद्धि प्राप्त गरेको भन्दै नेपालमा पनि यसको सम्भावना राम्रो रहेको बताए । विगतको भन्दा पछिल्लो समय सरकारले खेलकुद क्षेत्रलाई पनि प्रथामिकता दिएका कारण अहिले गाउँ–गाउँमा खेलकुद क्षेत्रको विकास भइरहेको बताए ।

सोअवसरमा अन्तराष्ट्रिय खेलाडी जेके बाँठा मगरले शिखर चुम्ने खेलकुदलाई राज्यको नीति निर्माण तहमा बस्नेले खेल मात्रै सम्झिदा नेपालमा अपेक्षाकृत रुपमा खेलकुदको विकास हुन नसकेको टिप्पणी गरे । शरिरमा जोशजाँगर र खुनपसीना हुँदासम्म नेपालाई खेलकुदको माध्यमबाट विश्वसामु चिनाउन लागि पर्ने युवाहरुको उचित व्यवस्थापन राज्ले गर्न नसक्दा उमेर ढल्किदै जाँदा भट्टीमा बसेर जाँड खाने बाह्यकको अन्य विकल्प नभएको बताए  । प्रतियोगिताको सहजीकरण खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे