दाङको भालुवाङबाट १४ थान अबैध सालको चिरान काठ सहित २ जना पक्राउ
भालुवाङ ११ कार्तिक । दाङको देउखुरीमा १४ थान अबैध सालको काठ सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राप्ती गाउँपालीका वडा नं. १ पाखापानी बस्ने बर्ष ४३ को डिल्लीराज गिरी र गढवा गाउँपालिका-१ कालाकाटे बस्ने वर्ष ३९ को ट्याक्टर चालक विकास घर्ती रहेका छन् । गत कार्तिक ३ गते बिहान अन्दाजी ०८:०० बजेको समयमा राप्ती गाउँपालिका वडा नं. १ पुल्चोक स्थित पूर्व- पश्चिम राजमार्गमा प्रहरी चेकिङ टोलीले कालाकाटे देखी पाखापानी तर्फ जाँदै गरेको रा १ त २१२१ नम्बरको ट्याक्टर रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याईएको अन्दाजी ४८ हजार ५ सय ८७ रूपैयाँ बराबरको काठ खरिद गरी ल्याउने क्रममा १४ थान (३८.८७ क्युफिट ) सालको चिरान काठ बरामद गरि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ट्याक्टर र काठ सहित दुवै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन कार्यालय लमही दाङ पठाइएको प्रहरीले जनाएको छ ।
