शान्ति युवा क्लव लठ्ठहवाको दशैं विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न : संस्कृति संरक्षणमा जोड



शान्ति युवा क्लव लठ्ठहवाको दशैं विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न : संस्कृति संरक्षणमा जोड

सिसहनियाँ १५ असाेज ।  शान्ति युवा क्लव राप्ती गाउँपालिका ५ लठ्ठहवाले दशै विशेष साँस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।

विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा क्लवले रात्रीकालिन कार्यक्रम सम्पन्न गरेको हाे । क्लवका साँस्कृतिक संयोजक कृष्णबहादुर चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय कला संस्कृतिको संरक्षणमा जोड दिएका थिए । थारूहरूको कला, संस्कृति र भाषा संरक्षण नभए थारूहरूको पहिचान हराउन सक्ने भन्दै संस्कृति संरक्षणमा नयाँ पिढीले ध्यान दिनुपर्ने बताए । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य सावित्रा देवी दमाइ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी सहायक निरिक्षक भागवत चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा थारू झुमरा नाच, सोङ र विभिन्न नृत्यहरू प्रस्तुत गरिएको थियो । रामप्रसाद चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको  कार्यक्रमको सञ्चालन क्लवका अध्यक्ष श्रीबहादुर चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे