जवरजस्ती करणी मुद्धामा दाङ एक प्रहरी सहित दुई जना कारागार चलान



जवरजस्ती करणी मुद्धामा दाङ एक प्रहरी सहित दुई जना कारागार चलान

दाङ २२ पुस । जवरजस्ती करणी मुद्धामा दोषी ठहर गदै दुई प्रहरीलाई अदालतले कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत पश्चिम नवलपरासीले लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा कार्यरत दाङका २३ बर्षिय पटेश्वरी यादब र डडेलधुराका २५ बर्षिय प्रेम खड्कालाई जवरजस्ती करणी मुद्धामा दोषी ठहर गदै कैद सजाय सुनाएको हो ।

न्यायधिस अशोक कुमार बस्नेतको ईजलासले यादवलाई १२ र खड्का ७ बर्षको कैद गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार प्रेम प्रसाद पौडेलले जानकारी दिएका छन् । सुनवलमा घाँसपात गर्न गएकी १५ बर्षकी एक बालिका र १८ बर्षकी एक किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा उनीहरु विरुद्ध गएको जेठमा अदालतमा मुद्धा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे