हरियाली सहकारीको १८ औं वार्षिक साधारणसभा सम्पन्न : संस्थाद्धारा ८ जना सम्मानित
सिसहनियाँ १२ असोज । हरियाली बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका–५ सिसहनियाँको १८ औं वार्षिक साधारणसभा शनिबार आफ्नै कार्यालय राप्ती गाउँपालिका–५ सिसहनियाँमा सम्पन्न भएको छ ।
समुहका अध्यक्ष रेशमबहादुर थापाको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा वार्षिक प्रगति विवरण संस्थाकी सचिव राधा पाण्डे र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शोभाखर आचार्य, लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक खगेश्वर शर्माले प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारीको वर्तमान अवस्थाको विषय संस्थाका वरिष्ठ सल्लाहकार तथा निवर्तमान अध्यक्ष शिवध्वज मल्लले जानकारी गराएका थिए । भने संस्थाको प्रस्तावहरुका विषयमा संस्थाका व्यवस्थापक उमेशकुमार चौधरीले सदस्यहरु माझ छलफल गराएका थिए ।
सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
जस अनुसार उत्कृष्ट बचतकर्ताको रुपमा ईश्वरी प्रसाद अधिकारी, हरि प्रसाद ज्ञवाली, बसन्ता केसी, लक्ष्मी चौधरी सहित ४ जना, एसर्ईईमा उत्कृष्ट नतिजा ल्याउने प्रियान्शु चौधरी, अंकिता विरकट्टा सहित २ जना, लमही ६ खैरी अवस्थित खैरी गाउँ समुह र सदस्य वृद्धिकर्ताको रुपमा सरिता चौधरी सम्मानित भएका छन् । सभामा शेयर सदस्य र सञ्चालक समितिहरुको उल्लेखीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव राधा पाण्डेले गरेकी थिइन् ।

