नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण



नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण

काठमाण्डौ २७ भदाै । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । यसअघि आजै राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

आजै प्रधानमन्त्री सहित केही मन्त्रीको शपथ गराउने तयारी भए पनि अन्तिममा हुन सकेन । सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीसँगै रहेको छ । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित सरकारका उच्च पदस्थ अधिकारी र कूटनीतिज्ञहरूको सहभागिता थियो । पूर्वप्रधानन्यायाधीश कार्की देशको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे