प्रदेश सभा सदस्य पुनकाे निधनमा सभामुख घर्ती मगरद्धारा दुख व्यक्त
भालुवाङ १४ भदाै । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य सरिता पुन मगरको अल्पायुमै भएको असमायीक अकल्पनीय निधन प्रति दुख व्यक्त गरेका छन् ।
आज शोक बिज्ञप्ती जारी गर्दै सभामुख घर्तीले पुनको निधनले लुम्बिनी प्रदेश सभा मात्र नभइ सिङ्गो समाज र राजनीतिक बृत्तमा अपुरणीय क्षती पुगेको बताएका छन् । शोकको यस दुखद् घडिमा स्व. पुन प्रति भावपूर्ण श्रद्वासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समबेदना व्यक्त गरेका छन् । उनी समानुपातिक निर्वाचन प्रणाली मार्फत रुकुम पुर्बबाट प्रदेश सभा सदस्यमा निर्वाचित थिइन् । बुवा सतमान पुनमगर र आमा बिनी पुन मगरको कोखबाट पुथा उत्तरगङ्गा गाउँपालिका-१० तकसेरा बाछी गाउँमा २०४९ चैत १३ गते जन्मेकी पुनको शनिवार ३३ बर्षको उमेर निधन भएको हो ।
शिक्षण अस्पताल महाराजगन्ज अन्तरगत मनमोहन सेन्टरमा पुन: मुटुको भल्भ अप्रेसन सफलतापुर्बक सम्पन्न भएको तर स्वास्थ्य अवस्था एकाएक नाजुक भएर दुःखद् देवहासन हुन पुगेको हो । उनको लामो समय देखि मुटुको भल्बको समस्या थियो । यस अघि अप्रेसन गरि मुटुको भल्बको उपचार गरिएको थियो । सामाजिक क्षेत्रमामा क्रियासिल पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य समेत थिइन् ।

