दाङकाे विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा सम्पन्न



दाङकाे विजौरी उद्योग वाणिज्य संघको १२ औं साधारणसभा सम्पन्न

बिजौरी १४ भदौ। विजौरी उद्योग बाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत -सम्मान कार्यक्रम शनिबार  संघको सभाहल बिजाैरीमा सम्पन्न भएको छ । संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि चौधरीले समावेशी र समानुपातिक विकासमा आफु जहिल्यै पनि सकारात्मक भएको भन्दै जनताको आवश्यकतालाई मध्यनजर गर्दै विजौरी उद्योग वाणिज्य संघले उठाएका मागहरुलाइ आफुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विजौरी कुनै बेला मध्य दाङकै व्यापारीक ट्रान्जिट भएकाले पनि यो क्षेत्रको प्रवर्द्धन गर्नु आफ्नो दायित्व भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले युवा पलायनलाई रोक्न उद्योग वाणिज्य संघहरुको अहम् भुमिका रहेको बताए । संघका वाणिज्य उपाध्यक्ष डिल्लीवहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन संघका महासचिव दिपक बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे