आशाका किरण संस्थाको तीजमिलन कार्यक्रम



आशाका किरण संस्थाको तीजमिलन कार्यक्रम

भालुवाङ ७ भदौ । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले शनिवार राप्ती गाउँपालिका–२ लालमटिया स्थित हर्षेडाँडामा तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षतामा भएको तीज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले तीज पर्व पछिल्लो समय भड्किलो बन्दै गइरहेकाले चिन्ता व्यक्त गर्दै त्यस्ता विकृती रोक्न युवाहरुले पहल गर्नुपर्ने बताएका थिए । साथै उनीहरुले तीजमा गाइने पुराना भाखाहरु पनि हराउन थालेको र पश्चिमी संस्कृति भित्रिदै जान थालेकाले मौलिकतामा ध्यान दिन सुझाव दिएका थिए । सो अवसरमा संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ता, दंगाली अनलाइन खवरका कार्यकारी सम्पादक मुक्तिराम पौडेल, संस्थाका सदस्यहरु छविलाल कंडेल, पवित्रा विक, ममता गिरी, सिर्जना खड्का, स्वस्तिका खनाल, शिवराज भुसाल, संस्थाका शुभचिन्तकहरु सोनिया रोका मगर, बन्दना पुन मगर र सरिता बुढामगर लगायतका वक्ताहरुले तीजको शुभकामना सँगै महत्वपूर्ण भनाई राखेका थिए ।

कार्यक्रममा हरितालिका तीजका अवसरमा विभिन्न संघसंस्थाले आयोजना गरेका तीज गीत तथा नृत्य प्रतियोगितामा प्रथम र तृतीय स्थान हासिल गरी संस्थाको नाम उचो राख्दै प्रतियोगितामा भाग लिई विजय बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने संस्थाका शुभचिन्तकहरु सोनिया रोका मगर, बन्दना पुन मगर र सरिता बुढामगर र दंगाली अनलाइन खवरका कार्यकारी सम्पादक मुक्तिराम पौडेललाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ । साथै कार्यक्रममा तीजको भाखामा मौलिक गीतमा नाचगान समेत गरिएको थियो । भने विभिन्न गेमहरु समेत खेलाइएको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष दिवस आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव लोकमणी भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे