मौलिक चाडपर्ब तथा पहिचानलाई प्रबर्द्धन गर्न नीतिगत सुधार गर्न आवश्यक छ : सभामुख घर्ती
भालुवाङ ६ भदाै । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले मौलिक संस्कृति संग नेपालकाे राष्ट्रियता जोडिएकाले तीज पर्वको सही ढंगले संरक्षण गर्नुपर्ने बताएका छन् ।
लुम्बिनी प्रदेशसभा सचिवालयले आज शुक्रबार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा तीजको शुभकामना दिंदै उहाँले मौलिक संस्कृति हराउँदै गएकाले सामाजिक ब्यवस्था कमजोर भएको बताए । सभामुख घर्तीले लुम्बिनी प्रदेशसभा सबै धर्म संस्कृति क्षेत्रका मौलिक चाडपर्ब तथा पहिचानलाई प्रबर्द्धन गर्न नीतिगत सुधार गर्न सबै पक्ष तयार हुनुपर्ने धारणा राखे । उनले देशकाे पहिचान भनेकाे चार्डपर्व र कला संस्कृति भएकाे बताए । यस्तै कार्यक्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशसभा सामाजिक बिकास समितीका सभापति यमबहादुर नेपालीले संस्कृतिको संरक्षणले बिबिधता भित्रको एकता बलियो हुने बताए । उनले तीजको नाममा देखिएका बिकृती रोक्न सबैले आ -आफ्नो ठाउबाट पहलकदमी आवस्यक रहेको उनको भनाई छ ।
प्रदेशसभाकाे कार्य ब्यवस्था महाशाखा प्रमुख कमला पोख्रेल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मर्यादापालक सरस्वती अधिकारीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रमकाे संञ्चालन स्वास्थ्य सुबिधा शाखाका रिता भुसाल पाठकले गरेका थिए ।

