ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पाखापानीमा सामुहिक रक्षाबन्धन तथा स्नेह मिलन कार्यक्रम



ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पाखापानीमा सामुहिक रक्षाबन्धन तथा स्नेह मिलन कार्यक्रम

भालुवाङ २४ साउन । दाङमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय र सेवा केन्द्रहरुले सोमवार सामुहिक रक्षाबन्धन तथा स्नेह मिलन कार्यक्रम गरेर यो पर्व मनाएका छन् ।

बिशेष गरी दिदीबहिनीहरुले आफ्नो दाजुभाईलाई राखी बाँधेर दिर्घायूको कामना गरेर रक्षाबन्धन मनाउने प्रचलन भएपनि ब्रह्माकुमारीय ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र अन्तर्गत सेवा केन्द्र पाखापानी शाखाले पनि शनिबार  सामुहिक रक्षाबन्धन तथा स्नेह मिलन कार्यक्रमको आयोजना गरि यो पर्व मनाएका हुन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल शाखा कार्यालय राप्ती गाउँपालिका–१ पाखापानीका प्रमुख सञ्चालिका ब्रह्माकुमारी यमूना दिदीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यता तथा संघिय सरकारका पुर्व सभामुख कृष्णबहादुर महराको विष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै सभामुख घर्तीले समाजलाई  सत्मार्गमा लैजान आध्यात्मिक कार्यले महत्त्वपूर्ण भुमिका खेलेको बताएका छन् ।

त्यस्तै कार्यक्रममा ब्रह्माकुमारी यमुना दिदीले रक्षाबन्धन दाजुभाई र दिदी बहिनीहरु बीचको पवित्र सम्बन्धलाई थप उचाईमा पु¥याउन र हरेक प्रकारका बाधा अवरोध र रोगब्याधी लगायतका समस्याबाट टाढा राख्ने भएकोले यो पबित्राको रक्षाको बन्धन र मर्यादाको सम्मानका रुपमा रहेको रक्षाबन्धनलाई लिइने गरेको बताइन् ।

उनले रक्षाबन्धन बारे धर्मशास्त्रमा विभिन्न ब्याख्या गरिएको भएपनि यस पर्वलाई मर्यादा र पबित्र सम्बन्धका रुपमा धर्मशास्त्रले ब्याख्या गरेको बताइन् । उनले रक्षाबन्धनले देश र समाजमा अमनचयन कायम गर्न सक्नुपर्ने बताउँदै उनले रक्षाबन्धन महत्वको धार्मिक तथा सांस्कृतिक महत्वको बताइन् । साथै रक्षाबन्धनलाई सामाजिक मर्यादाका रुपमा विकास गर्नुपर्ने सामाजिक अगुवाहरुको भनाई छ । पछिल्लो समयमा समाजमा ब्यापक बिकृति बिसंगति फैलिएकोले अब धर्म र संस्कृति तर्फको प्रभाव बढाउनुपर्ने र समाजमा शान्ति कायम राख्न रक्षाबन्धन जस्ता धार्मिक कृयाकलापले महत्वपूर्ण खेल्ने सामाजिक अगुवाहरुको बुझाई छ ।

त्यस्तै कार्यक्रमका अन्य वक्ताहरुले रक्षाबन्धनलाई सामाजिक मर्यादाका रुपमा विकास गर्नुपर्ने बताएका छन् । पछिल्लो समयमा समाजमा ब्यापक बिकृति बिसंगति फैलिएकोले अब धर्म र संस्कृति तर्फको प्रभाव बढाउनुपर्ने र समाजमा शान्ति कायम राख्न रक्षाबन्धन जस्ता धार्मिक कृयाकलापले महत्वपूर्ण खेल्ने बताएका थिए । हरेक धार्मिक समुदायले मनाउने सांस्कृतिक तथा धार्मिक पर्वहरुलाई सामाजिक एकता र संद्भाव संग जोडिनु र पर्वलाई पर्वका रुपमा नभई पर्वलाई हरेक नेपाली र हरेक समुदायलाई एकताका शुत्रमा बाँध्न सक्ने हो भने देशमा दिगो शान्ति र अमनचयन तथा संद्भाब कायम रहिरहने बताएका थिए ।

कार्यक्रममा पुर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा ब्रह्माकुमारी यमूना दिदीको हातबाट सवैले रक्षाबन्धन बाँध्नुका साथै टिका प्रसाद ग्रहण गरेका थिए ।

यसै बीच ब्रह्माकुमारीय ईश्वरीय विश्वविद्यालय पाखापानी दाङल सशस्त्र प्रहरी वल नेपाल २९ नम्बर हेटक्वाटर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी अधिकृत र जवानहरुलाई समेत सामुहिक रक्षाबन्धन बाँधिएको थियो । कार्यक्रमको सञ्चालन माधव तिमिल्सिनाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे