देउखुरीको लालमटियामा एक घर भत्कियो
लालमटिया ३० असार । दाङ—देउखुरीको लालमटियामा एक जनाको घर भत्किएको छ । राप्ती गाउँपालिका—२, लालमटिया स्थित सन्तराम कुमालको घर भत्किएको हो । आज सोमबार दिउँसो परेको समान्य बर्षाले उक्त घर भत्किएको स्थानीयबासीले बताएका छन् । पुरानो र जिर्ण भएको कच्ची घर समाँन्य बर्षाले भत्किएको बताएको छ । घर भत्किएपनि कुनै मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
घर भत्किएपछि तत्कालका लागि सन्तरामको परिवारलाई सोही वडाको आधारभूत स्वास्थ्य ईकाइको स्टोर कोठामा स्थान्तण गरिएको छ । आर्थिक अवस्था निकै कमजोर रहेका कुमालले बस्दै आएको घर मर्मत समेत गर्न सकेका थिएनन् । घर भत्किएपछि कुमाल परिवार स्थायी रुपमा कहाँ बस्ने र घर कसले बनाइने दिने भन्ने बिषय भन्ने अन्योलमा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्

