दाङको देउखुरीबाट बाघको छाला सहित ३ जना पक्राउ



दाङको देउखुरीबाट बाघको छाला सहित ३ जना पक्राउ

दाङ २२ असार । दाङको देउखुरीमा पाटेबाघको छाला सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा गढवा गाउँपालिका-६ खबरी निवासी वर्ष ४१ का विक्रम बुढा मगर, राजपुर गाउँपालिका -१ गुरुङ खोला निवासी वर्ष ५३ का केशवराज सेन ठकुरी र बर्दियाको बारबर्दिया नगरपालिका -४ पदनाह निवासी वर्ष ३३ का अनिल थारु रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिएका छन् ।

गए राती २ बजेको समयमा गढवा गाउँपालिका वडा नं.६ खवरी गाउँ निवासी बर्ष ४१ को बिक्रम बुढामगरको घरमा लुकिछिपी वन्यजन्तु बाघको छाला (ओखेटोपहार) को अवैध कारोबार गरि रहेकै अवस्थामा निज बिक्रम बुढामगर सहित उनीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी निरीक्षक रोशनराज पाण्डेयको नेतृत्वमा खटिएको प्रहरी टोलीले ९ फिट २ ईन्च लम्बाई र ३ फिट २ ईन्च चौडाई भएको पाटे बाघको छाला (ओखेटोपहार) बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे