देउखुरीकाे मसुरियामा सरकारी गाडीकाे ठक्करबाट अटाे चालक गम्भीर घाइते



देउखुरीकाे मसुरियामा सरकारी गाडीकाे ठक्करबाट अटाे चालक गम्भीर घाइते

देउखुरी २८ जेष्ठ । दाङ-देउखुरीकाे मसुरियामा सरकारी गाडीकाे ठक्करबाट अटाे चालक गम्भीर घाइते भएका छन् । आज बुधबार राती करिब १० बजेकाे समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेकाे लुम्बिनी बी ए ए १२६६ नम्बरकाे पर्यटन विकास बाेर्ड बुटवलकाे सरकारी गाडीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेकाे रा १ ह ३९७६ नम्बरकाे अटाेलाई मसुरिया चाेकमा ठक्कर दिएकाे थियाे ।

सरकारी गाडीकाे ठक्करबाट अटाे चालक साेही ठाउँ निवासी अन्दाजी बर्ष ४५ का टेकबहादुर खत्री गम्भीर घाईते हुनु भएकाे ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएकाे छ । घाइते चालककाे अहिले भालुवाङ अस्पतालमा उपचार भईरहेकाे छ । चालक खत्रीकाे टाउकाे, खुट्टा, छाती र हातमा गम्भीर चाेट लागेकाे प्रहरीले जनाएकाे छ । गाडीकाे ठक्करबाट अटाे सडक देखि तल खसेकाे थियाे । सडक देखि तल खसेकाे अटाेले चालक चापिएकाे अवस्थामा स्थानीय र प्रहरीले तत्काल उद्धार गरी तत्काल भालवाङ अस्पताल पुर्याईएकाे थियाे । ठक्कर दिने सरकारी गाडी र चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएकाे छ । दुर्घटना कसरी भएकाे भन्ने बिषयमा अहिले सम्म खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे