कांग्रेस नेता आलमलाई उच्च अदालतले सफाइ दियाे



कांग्रेस नेता आलमलाई उच्च अदालतले सफाइ दियाे

काठमाण्डाै १४ जेठ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता माेहम्मद अफताब आलम सहित चार जनालाई सफाइ दिएकाे छ । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भए सँगै उनलाई कारागारबाट छाडिएको हो ।

न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत राैतहटकाे फैसला उल्ट्याउँदै आज कांग्रेस नेता आलम सहित, उनका भाइ माेहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई पनि सफाइ दिएकाे हाे । आलम माथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मुख्य योजनाकार रहेको आरोप लागेको थियाे । याे घटनामा जिल्ला अदालत राैतहटले आलमसहित चार जनालाई २०८१ साल वैशाखमा जन्मकैदकाे फैसला सुनाएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे