रोटरी क्लब अफ राप्तीको चाैथो पदस्थापन : अध्यक्षमा बसन्त गिरी
भालुवाङ ९ साउन । रोटरी क्लब अफ राप्तीको चाैथो पदस्थापन समारोह सम्पन्न भएको छ ।
शुक्रबार एक समारोहका बिच क्लबको चाैथो पदस्थापन कार्यक्रम राप्ती गाउँपालिका–१ भालुवाङ स्थित होटल पौवामा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वर्ष २०२५\०२६ का अध्यक्ष गोपाल आचार्यले वर्ष २०२६/०२७ का अध्यक्ष बसन्त गिरीलाई पद हस्तान्तरण गरेका थिए। क्लबका वर्तमान अध्यक्ष बसन्त गिरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
पदस्थापन समारोहमा वर्ष २०२५\०२६ का अध्यक्ष गोपाल आचार्यले वर्ष २०२६/०२७ का अध्यक्ष बसन्त गिरीलाई ग्राभल र ह्यम्मर हस्तान्तरण गरे भने संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले चार्टड प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै कार्यक्रममा नयाँ कार्यसमितिलाई जोन ३३ का एजी तथा क्लवका एसाइन एजी मोहन बेल्वासेले सपथ ग्रहण गराएका थिए ।
नवनिर्वाचित अध्यक्ष बसन्त गिरीले राप्ती गाउँपालिका भित्र शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा अझ रचनात्मक काम गर्नेे प्रतिवद्धता व्यक्त गरे । त्यस्तै कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष गोपाल आचार्यले एक वर्ष भित्र क्लबले गरेका सामाजिक एवं रचनात्मक कार्यको बारेमा जानकारी गराए । त्यस्तै उनले आफ्नो कार्यकालमा साथ सहयोग गरी सफल बनाउने रोटरीयनहरुलाई धन्यवाद सहित मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा नवप्रतिभा आधारभूत विद्यालय पाखापानीका एक जना छात्रलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो । त्यसै क्लवमा नयाँ सदस्यको रुपमा आवद्ध भएका बाबुराम अधिकारी, चन्द्रप्रकाश आचार्य, दिपक कडेललाई पिन प्रदान गरिएको थियो ।
हाल क्लवमा २९ जना सदस्यहरु रहेका छन् । कार्यक्रममा आरसी सेन्टर बुटवल आरटीएन अध्यक्ष बाबुराम बोहरा, रोटरी क्लव अफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, जीएसआर रोटियन अजाज आलम, एजी रोटियन मोहन बेल्बासे लगायतले शुभकामना व्यक्त गर्दै क्लबको विगतका सकारात्मक अभ्यासहरूलाई निरन्तरता दिँदै थप सृजनशील भएर लाग्न आग्रह गरे । कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ राप्तीका सचिव दोर्ण प्रसाद आचार्यले गरेका थिए ।
