कम बेरुजु हुने पालिकामा दाङको राप्ती गाउँपालिका जिल्लामा पहिलाे र प्रदेशमा दोस्रो
भालुवाङ २ जेठ । दाङका १० वटा पालिका मध्ये सबै भन्दा कम बेरुजु राप्ती गाउँपालिका रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/०८१ को प्रतिवेदन अनुसार राप्ती गाउँपालिकाको बेरुजु २१ लाख ४५ हजार छ भने सबै भन्दा बढि बेरुजु तुलसीपुर उपमहानगरपालिकाको रहेको छ । तुलसीपुर उपमहानगरपालिका जिल्लाको सबै भन्दा बढि बेरुजु भएको पालिका हो । तुलसीपुर उपमहानगरपालिकाको बेरुजु २.१९ प्रतिशत रहेको छ । ४ अर्ब ७ करोड ७४ लाख रकमको लेखा परीक्षण भएकोमा ८ करोड ९४ लाख १६ हजार बेरुजु देखिएको छ ।
लुम्बिनी प्रदेशमा सबै कम बेरुजु भएको पालिकामा अर्घाखाँचीको पानीनी गाउँपालिका रहेको छ । जसमा ०.११ प्रतिशत मात्रै बेरुजु रहेको देखिएको छ । १ अर्ब ४४ करोड ५० लाख रकमको लेखा परीक्षण भएकोमा १५ लाख ३५ हजार मात्रै बेरुजु देखिएको हो । यस्तै दाङको राप्ती गाउँपालिका कम बेरुजु हुने पालिकामा लुम्बिनीमा दोस्रो भएको भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा लुम्बिनी प्रदेशका एकसय ९ वटा पालिकामध्ये कम बेरुजु भएको पालिका मध्ये दोस्रो नम्बरमा परेको छ । जसमा एक अर्ब ५६ करोड ७० लाख रुपैँयाको लेखापरीक्षण हुँदा २१ लाख ४५ हजार मात्रै बेरुजु देखिाएको छ । जुन ०.१४ प्रतिशत हो ।
त्यस्तै तेस्रोमा रोल्पाको सुनिल स्मृति गाउँपालिकाले ०.३३ प्रतिशत बेरुजु गरेको छ । जसको बेरुजु रकम ३७ लाख ४८ हजार रहेको छ । त्यस्तै सबैभन्दा धेरै रुपन्देहीको रोहीनी गाउँपालिकामा बेरुजु देखिएको छ । १ अर्ब २० करोड १६ लाख लेखा परीक्षण रकममा ८ करोड ८९ लाख ६२ हजार बेरुजु देखिएको छ । जुन ६.५७ प्रतिशत हो ।

