पत्रकार महासंघ लुम्बिनीद्वारा भोली देखि भालुवाङमा डिजिटल अनलाइन र एआई तालिम सञ्चालन हुँदै



पत्रकार महासंघ लुम्बिनीद्वारा भोली देखि भालुवाङमा डिजिटल अनलाइन र एआई तालिम सञ्चालन हुँदै

भालुवाङ १८ वैशाख । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले पत्रकारहरूकाे क्षमता विकासका लागि ६ वटा जिल्लामा विविध विधामा तालिम सञ्चालन गरेको छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे आर्थिक सहयोगमा बर्दियाको ठाकुरद्वाराबाट सुरू गरेको तालिम शुक्रबार र शनिबार दाङको भालुवाङमा सुरू हुँदै छ । डिजिटल अनलाइन र एआईका विषयमा पत्रकारहरूलाई दक्ष बनाउन दाङ, कपिलवस्तु र अर्घाखाँचीका करिव ५० जना पत्रकारले तालिम लिने महासंघका अध्यक्ष शुक्रऋषि चाैलागाईले जानकारी दिएका छन्। पछिल्लो समय प्रविधिको विकास सँगै अब पत्रकारहरूलाई डिजिटल अनलाइन मिडिया सँग कसरी जोड्ने र एआईको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन तालिम आयोजना गरिएको अध्यक्ष चाैलागाईले जानकारी दिए । तालिमको प्रशिक्षकमा जीवन भण्डारी र किरण काैशल रहेका छन् ।

लुम्बिनी प्रदेशको बर्दिया स्थित ठाकुरद्वाराबाट सुरूवात गरिएको तालिम वैशाख १९ र २० गते दाङको भालुवाङ, प्युठानको भिङग्री, पुर्वी रूकुमको रूकुमकोट, गुल्मीको तमघाँस र रूपन्देहीको बुटवलमा तालिम आयोजना गरिएको अध्यक्ष चाैलागाईले जानकारी दिएका छन् । १२ वटै जिल्लामा आवश्यकता र मागकाे आधारमा फरक-फरक तालिम प्रदान गरिने उनकाे भनाई छ । फिचर लेखनका पनि विभिन्न तरिका रहेकाले लेख्न सके पत्रकारिता क्षेत्रमा टिक्न सहज हुने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे