राप्ती प्रेस मञ्चले वैशाख १० गते नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

भालुवाङ ८ वैशाख । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ ।
मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले राप्ती गाउँपालिका- २ लालमटिया स्थित हर्षेडाँडा पार्कमा कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियाशन, प्रदेश अध्यक्ष शुक्रऋषि चाैलागाई, जिल्ला अध्यक्ष सन्तोष सुवेदी लगायतलाई विषेश निमन्त्रणा गरिएको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ । स्थानीय स्तरको धार्मिक तथा पर्यटकीय क्षेत्रको समेत प्रचारप्रसारमा टेवा पुग्ने गरि कार्यक्रम आयोजना गरिएको महासचिव गुप्ताले जानकारी दिए । कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन जिम्मेवारी समेत तोकिएको छ ।
यसै बीच मञ्चको सोमबार तयारी बैठक समेत बसेको छ । तयारी बैठकले आर्थिक संकलन र कार्यक्रम स्थलको निरिक्षण लगायतको काम सम्पन्न गरेको छ । तयारी बैठकमा मञ्चका अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, उपाध्यक्ष हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, सचिव देवेन्द्रराज कंडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सदस्य मोतीराम भट्टराई, लालमणी भुसाल र सल्लाहकार तथा निर्वतमान उपाध्यक्ष बासुदेव न्याैपाने लगायतको उपस्थिति रहेको थियो ।