भानु प्रतिष्ठान लुम्बिनी प्रदेश समितिद्वारा कृति समीक्षा एवं साहित्यिक कार्यक्रम



भानु प्रतिष्ठान लुम्बिनी प्रदेश समितिद्वारा कृति समीक्षा एवं साहित्यिक कार्यक्रम

दाङ ६ वैशाख । भानु प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको आयोजनामा कृति समीक्षा एवं साहित्यिक कार्यक्रम शनिबार  घोराही दाङमा सम्पन्न भएको छ।

प्रतिष्ठानका संयोजक बमबहादुर डिसीको अध्यक्षता, पूर्व मन्त्री बलदेव शर्मा मजगैयाको प्रमुख आतिथ्यता एवं भाषा आयोगका सदस्य डा. अमर गिरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा डा. कृष्णराज डिसीको लक्ष्मणरेखा महाकाव्य र बमबहादुर डिसीको मसँग लालपुर्जा छैन कविता सङ्ग्रहको कृति समीक्षा क्रमशः प्रा.डा. बाबुराम आचार्य र कृष्णराज डिसीद्वारा गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि मजगैयाले साहित्यले समाज र राजनीतिको यथार्थ चित्रण गर्दै समाज र राजनीतिलाई मार्गदर्शन गर्नुपर्ने बताएका थिए।  डा. गिरीले साहित्यले पाठकको मन र मस्तिष्कलाई स्पर्श गर्दै परिवर्तनका लागि उत्प्रेरणा ल्याउनु पर्ने बताएका थिए।

कार्यक्रममा संविधानसभा सदस्य अनिता  देवकोटा, सहप्राध्यापक नारायण नेपाल, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुनकुमार योगी, विर्केश्वरी गौतम, भूपबहादुर डाँगी, भिमप्रकाश खड्का, अमरबहादुर खड्का, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, हरिप्रसाद पाण्डे, सन्ध्या रेग्मी, विदुषा पाण्डेय, पार्वती लोहनी, लोकबहादुर बस्नेत, गणेशदत्त भट्टलगायतले शुभकामना मन्तव्य र साहित्यक विमर्श सहित विभिन्न रचना वाचन गरेका थिए । भने कार्यक्रमको सहजीकरण सचिव विक्रान्त ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे