संसद बिघटन बिरूद्ध राष्ट्रिय जनमोर्चाद्वारा भालुवाङमा बिरोधसभा



संसद बिघटन बिरूद्ध राष्ट्रिय जनमोर्चाद्वारा भालुवाङमा बिरोधसभा

सन्तोषकुमार गुप्ता, भालुवाङ १३ पुस ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले केपी ओलीले संसद बिघटन गरेर जनमतको अपमान गरेको भन्दै कडा आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री ओली आफ्नो कुर्सी जोगाउन संसद भंङ्ग गर्नु गैरसंबैधानिक, गैर लोकतान्त्रिक कार्य गरेको बताउँदै यसको राष्ट्रिय जनमोर्चाले बिरोध जनाएको बताए ।

संसद बिघटन, अधिनायकबाद, भष्टचार बिरूद्ध राजमो दाङद्वारा पूर्व घोषित कार्यक्रम अन्तर्गत सोमबार देउखुरीको भालुवाङमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै राजमोका कार्यकारी अध्यक्ष नेपालीले यस्तो बताएका हुन् ।
उनले संसद बिघटनलाई अब सर्वोच्च अदालतले बदर गरी पुर्नस्थापना गरिनु पर्ने बताए । सभाको प्रमुख अतिथी समेत रहेका नेपालीले अन्यथा मुलुक गम्भीर संकटमा पर्ने भएको अब नेपाली जनता सडकमा उत्रिनुको बिकल्प नरहेको नेता नेपालीले बताए ।

राजमो राप्ती गाउँपालिका अध्यक्ष केशबराज खनालको अध्यक्षतामा भएको बिरोधसभा राजमो दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले ओली सरकारको गलत कार्यशैलीका कारण गणतन्त्रमाथि नै प्रश्न उठेको हुँदा यो कार्यशैलीको व्यापक भण्डाफोर गर्नुपर्ने कुरा बताए ।

सभालाई अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष चित्र एमसी, रक्तिम साँस्कृतिक अभियानका जिल्ला सह—सचिव बिक्रम पाण्डे, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका जिल्ला अध्यक्ष जगतप्रसाद पोख्रेल लगायतले पनि सम्बोधन गरेका थिए । राजमो राप्ती गाउँपालिका सदस्य माधब आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको सभाको सञ्चालन उपाध्यक्ष ठाकुर आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे