भालुवाङ स्थित राप्ती नदीमा एक पुरूषको शव फेला

भालुवाङ २५ चैत । दाङको राप्ती गाउँपालिका-१ भालुवाङ स्थित राप्ती नदीमा एक शव फेला परेको छ ।
प्रारम्भिक जानकारी अनुसार पुर्वी नवलपरासी निवासी अन्दाजी ५५ वर्षिय गंगाप्रसाद रिमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सोमबार विहान १० बजे १ नम्बर वडा कार्यालयको पछाडि राप्ती नदीमा नुहान गएका बालबालिकाले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरी कार्यालय भालुवाङ र स्थानीयले नदीबाट शव निकालेर पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको प्रहरीले बताएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्