लमहीमा साहित्यकारहरुले गरे विकृति विसंगति प्रति खबरदारी



लमहीमा साहित्यकारहरुले गरे विकृति विसंगति प्रति खबरदारी

लमही २३ चैत । शनिवार देउखुरीको लमहीमा आयोजित एक कार्यक्रममा साहित्यकारहरुले देशमा भेरहेको विकृति विसंगति प्रति आफ्ना रचनाहरु मार्फत खबरदारी गरेका छन् ।

देउखुरी साहित्य तथा साँस्कृतिक मञ्चको आयोजनामा अग्रज साहित्यकार गंगानाथ कोईरालाद्धारा लिखित हिमाल र छहरा नामक कविता संग्रहको समिक्षा तथा रचना वाचन कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले मुलुकमा देखिएको राजनितिक विकृति विसंगति प्रति खबरदारी गरेका हुन । मञ्चका अध्यक्ष निमबहादुर थापाको अध्यक्षता र थारु भाषा तथा साहित्य संरक्षण प्रतिष्ठान दाङका अध्यक्ष छविलाल कोपिलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नयाँ पुस्तामा भाषा, कला र साहित्य पुस्तान्तरण हुन नसकेकोमा साहित्यकारहरुले चिन्ता प्रकट गरेका हुन् । देशमा बिद्यामान राजजितिक अस्थिरता, बिकृती र बिसंगतीका कारण पुनरुत्थानवादी शक्तिहरुले लोकतन्त्रमाथी प्रश्न चिन्ह उठाएको कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

साहित्यकारहरुले राज्यसत्ता सञ्चालकहरु नसच्चिदा अन्य शक्तिहरु जुर्मुराएको भन्दै साहित्यकर्मिहरुले पनि संघर्ष गरेर ल्याएको लोकतन्त्रलाई सहि ढंगले सदुपयोग गर्नुपर्ने कुरामा जोड दिएका छन् । लोकतन्त्र प्राप्तीका लागि कलमजिवीहरुको पनि उत्तिकै योगदान रहेको र यसलाई बचाउन राजनितिक नेतृत्वहरु सुध्रिनु पर्ने रचना वाचन मार्फत साहित्यकर्मिहरुले औंल्याएका हुन् । सो अवसरमा अग्रज साहित्यकार गंगानाथ कोइराललले प्रकाशन गरेकाे हिमाल र छहरा नामक कृतिको समिक्षा प्रगतिशिल साहित्यकार रेशम बिसीले गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरु हरेकृष्ण ज्ञवाली, शेषमणि शर्मा, हरिश्चन्द्र भण्डारी, गिरिराज खनाल, सुर्यराज गौतम, कृष्ण गिरी, बावु रोका, शनिराम चौधरी, खुमानन्द पोख्रेल र पत्रकार केपि घिमिरे लगायतले शुभकामना मन्तब्य तथा रचना वाचन गरेका थिए । सो अवसरमा मञ्चको भवन निर्माण कार्यमा सहयोग गर्नुहुने ब्यत्तिलत्वहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा वाचन गरिएका रचनाहरु तथा कृति समिक्षाको टिप्पणी साहित्यकर्मी युवराज भण्डारीले गरेका थिए । मञ्चका सदस्य रविलाल आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कृति समिक्षा तथा रचना वाचन कार्यक्रमको सञ्चालन सचिव वालमुकुन्द शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे