तुलसीपुरमा लुटिएको अटो भेटियो, मान्छेको पहिचान भएन



तुलसीपुरमा लुटिएको अटो भेटियो, मान्छेको पहिचान भएन

तुलसीपुर १३ पुस । शनिबार राति चालकमाथि खुकुरी प्रहार गरेर लुटिएको अटो रिक्सा भेटिएको छ । घटना भएको करिब २/३ सय मिटर तल तुलसीपुर उपमहानगरपालिका–१२ को महेन्द्रास्कुल नजिकै चौरमा भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

४ जना अपरिचति समूहले तुलसीपुरको वसपार्कबाट भाडामा लिएर राप्ती बबई क्याम्पस नजिकै अटो चालक तेज बहादुर नेपालीलाई खुकुरी प्रहारगरी रा १ ह २५४६ नम्बरको अटो, मोबाईल र घडी लुटेर लगेका थिए ।

अटो रिक्सा भेटिए पनि घटनामा संलग्न व्यक्तिहरुको पहिचान नभएको र उनिहरु ड्रग्सएडिक भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरमा डिएसपी शिव बहादर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे