संसद विघटनको विरोधमा दाङको घोराहीमा जनता समाजवादी पार्टीको प्रदर्शन



संसद विघटनको विरोधमा दाङको घोराहीमा जनता समाजवादी पार्टीको प्रदर्शन

घोराही १२ पुस । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपाल (जसपा) दाङले आइतबार दाङको घोराहीमा बृहत्त बिरोध प्रदर्शन गरेको छ । घोराहीको ट्राफिक चोकबाट सुरु भएको विशाल र्‍यालीले केपी ओलीको असंबैधानिक, अलोकतान्त्रिक प्रतिगामी कदमको बिरुद्ध विभिन्न नारा लगाउँदै घोराही बजार परिक्रामा गरी तुलसीपुरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गदै जसपाका नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति निणर्य असंवैधानिक, लोकतन्त्र विरोधी र व्यवस्थाकै विपक्षमा रहेको बताएका थिए । उनीहरुले संसद विघटना गर्ने असंवैधानिक कार्यलाई तत्काल फिर्ता नलिएसम्मका लागि सरकारको असंवैधानिक कदमको विरोधमा जिल्लाभर विराधका कार्यक्रमलाई निरन्तरता दिने उद्घोष समेत गरेका थिए ।

कोणसभालाई पार्टीका केन्द्रिय सदस्य सोमराज जनईदार, संघीय परिषद सदस्य कुलबहादुर घर्ती, जीवन भण्डारी, जिल्ला इन्चार्ज भरतलाल चौधरी, सह—ईन्चार्ज टोपबहादुर महतारा, समाजवादी बिधार्थी संघकी केन्द्रीय उपाध्यक्ष रिता यादव, नेता जगतराम यादव लगायतका पार्टीका विभिन्न तहका नेताहरुले सम्बोधन गरेकाथिए । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला अध्यक्ष होमप्रसाद शर्माले गरेका थिए । कार्यक्रमको ब्यवस्थापन प्रकाश बिष्ट, गणेश पाण्डे र जगत पुन लगायतका नेताहरुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे