सरला तिमल्सिनाको ‘भोलि तिमीलाई रुन नपरोस्’ लोकदोहोरी गीत सार्वजनिक (भिडियाे सहित)



सरला तिमल्सिनाको ‘भोलि तिमीलाई रुन नपरोस्’ लोकदोहोरी गीत सार्वजनिक (भिडियाे सहित)

काठमाडौँ  १३ चैत । सरला तिमल्सिनाको मन छुने शब्द तथा साजन पराजुलीको संगीत र गायक बद्री प्रसाद सिटौला र पार्वती कार्किको स्वरमा सजिएको बद्री लोकमालाको नयाँ प्रस्तुति लोक दोहोरी गीत ‘भोलि तिमीलाई रुन नपरोस्’ सार्वजनिक भएको छ ।

सुफिक्स मदनको लय एरेन्ज, गोबिन्द सोनीको मिक्सिङ्ग रहेको गीतलाई स्टुडियो एरिक डिजिटलमा रेकर्डिङ गरिएको छ । प्रेमी र प्रेमिकाले आआफ्नो भोगाईको कथालाई दर्शाईएको भिडियोमा कसैले प्रेममा पर्दा सम्पूर्ण चीज नै दिन्छु भनेको तर पछि नराम्रो धोका दिएपछि यस्तो चोट तिमीलाई नपरोस् भन्दै कामना गरिएको सन्देश्मुलक भिडियो बनाईएको छ ।

भिडियोमा बद्रीप्रसाद सिटौला, पार्वती कार्की, दिपक बस्नेत र मुस्कान घिमिरे लगायतको दमदार अभिनय रहेको छ । गीतको छायाँकन साजन पराजुली, निर्देशन बद्रीप्रसाद सिटौलाले गरेका छन् भने विष्णु शर्माको सम्पादन रहेको गीतको दृष्य निर्माण ई. नेपाल खबर प्रालिले गरेको हो ।गीतले भने दर्शक र स्रोताको मन जित्ने निर्माण पक्षले अपेक्षा गरेको छ । यो गीत बद्री लोकमाला युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

याे हेर्नुस् भिडियाे…

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे