दाङकाे मज्गैँमा भेटिएको ४२,५०० रुपैया सार्वजनिक, खोजी गर्दै सम्बन्धित व्यक्ति



दाङकाे मज्गैँमा भेटिएको ४२,५०० रुपैया सार्वजनिक, खोजी गर्दै सम्बन्धित व्यक्ति
तुलसीपुर १२ चैत्र । २०८१ सालको माघ महिनाको २२ गते, तुलसिपुर–१७ स्थित मज्गै चोकमा ४२,५०० रुपैया रकम भेटिएको जानकारी प्राप्त भएको छ । उक्त रकम डम्बर बहादुर बस्नेतले भेटेका थिए ।
भेटिएको पैसाको जानकारी पाए लगत्तै सोहि स्थानकि गिता केसि र समाजसेबी बेचन वलीले सार्वजनिक गरेपछि, सम्बन्धित रकमको मालिकको खोजी गर्न शुरु गरिएको छ । उहाँहरुले इमान्दारिताको कदर गर्दै सो रकम भेटिएको जानकारी गराएका थिए ।
मेहनतले कमाएको अरुको पैसा त्यतिकै कसैले पनि खाइदिन नहुने भन्दै सम्बन्धित रकम धनिकै हातमा पैसा फिर्ता गर्न सार्वजनिक गरीएको बताए ।
पैसा भेटिएको स्थान तुलसिपुरको वडा नं १७मा पर्ने मज्गै चोक हो । उक्त रकम हाल बेलझुन्डि प्रहरी चौकीमा रहेको छ, जहाँ हवल्दार चन्द्रा केसी पोख्रेलसँग राखिएको छ । उक्त रकमको वास्तविक मालिकले आफ्नो परिचय प्रमाणपत्र सहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पैसा जो हो सोही व्यक्तिहरूले आफ्नो पहिचान पुष्टि गर्ने कागजात सहित ९८६९९८४४४८ र ९८४७८३०९६५ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। प्रहरीले यो घटना सन्दर्भमा अनुसन्धान गरिरहेको छ र सम्बन्धित पक्षलाई आवश्यक प्रक्रिया पुरा गरेर पैसा फिर्ता दिने तयारी गरिएको बताइएको छ ।
कुनै पनि नागरिकले चोरी, हराएको वा भेटेको पैसाबारे समयमै जानकारी गराउन महत्वपूर्ण ठानिन्छ, जसले अन्याय रोक्न र कानूनी प्रक्रिया सुनिश्चित गर्न मद्दत पुर्याउँछ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे