राप्तीको ३ वटा परीक्षा केन्द्रबाट १ हजार बढी परिक्षार्थीहरूले एसईई परीक्षा दिदै



राप्तीको ३ वटा परीक्षा केन्द्रबाट १ हजार बढी परिक्षार्थीहरूले एसईई परीक्षा दिदै

भालुवाङ ७ चैत । दाङको राप्ती गाउँपालिकाको ३ वटा परीक्षा केन्द्रबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा आज पहिलो दिन १ हजार १ सय २२ जना परिक्षार्थीहरूले परिक्षा दिएका छन् ।

आज बाट देशभर सुरू भएको एसईई परीक्षाको पहिलो दिन अंग्रेजी विषयमा सामुदायिक तथा निजी गरी नियमित तथा ग्रेड वृद्धि तर्फ गरि कुल १ हजार १ सय २२ जना परिक्षार्थीहरू सहभागी भएका हुन् । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालय, वडा नम्बर ४ मा रहेको श्री माध्यमिक विद्यालय माैरीघाट र वडा नम्बर ५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका जिवी चिन्तनले जानकारी दिएका छन् ।

यस वर्ष एसईई दिने छात्राको संख्या छात्र भन्दा बढी छ। कुल परीक्षार्थी मध्ये ५ सय १७ छात्र र ६ सय ५ छात्राले पहिलो दिनको परीक्षा दिएका छन्। जस अन्तरगत नियमित तर्फ कुल ८ सय ८ जना र ग्रेडवृद्वि तर्फ १ सय ६९ जना विद्यार्थीले परीक्षा दिएका छन् । भने ३ वटै परीक्षा केन्द्रबाट १४ जना परिक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका चिन्तनले बताए । ३ वटा परीक्षा केन्द्र मध्ये सर्वोदय मावि सिसहनियाँ र आदर्श नमुना मावि लालमटियामा १/१ जना दृष्टिविहिन, माध्यमिक विद्यालय माैरीघाटमा १ जना शारीरिक अपांगता भएका परिक्षार्थीले परीक्षा दिएका छन् । पहिलो दिनको परीक्षा ३ वटै केन्द्रमा शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन भएको सम्बन्धित केन्द्राध्यक्षहरूले जानकारी दिएका छन् ।

दाङमा यो वर्ष ४७ वटा परीक्षा केन्द्रबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइईमा सहभागी भएका छन् । एसइईका लागि घोराही र तुलसीपुर उपमहानगरपालिकामा १४/ १४ वटा, लमही नगरपालिकामा पाँच वटा, राप्ती गाउँपालिकामा तीन वटा, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा २/ २ र बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा १/ १ वटा परीक्षा केन्द्रबाट विद्यार्थीहरूले परीक्षा दिरहेका छन्  । जिल्लामा एक सय १२ सामुदायिक र एक सय ४१ संस्थागत विद्यालय गरी दुई सय ५३ वटा विद्यालयबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइई दिइरहेका छन् । जसमा प्राविधिक धारतर्फ ११ र एउटा खुल्ला विद्यालय रहेको कार्यालयले जनाएको छ । जिल्लामा यो वर्ष एसइई दिनेमा छात्रभन्दा सात सय २२ जना बढी छात्रा छन् । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राले एसइइ दिइरहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत तिलकराम बञ्जाडेका अनुसार गत वर्ष जिल्लामा १२ हजार आठ सय ९८ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । जिल्लामा नियमितर्फ पाँच हजार सात सय ६३ छात्र र छ हजार एक सय ३३ जना छात्रा गरी ११ हजार आठ सय ९६ जना, गे्रट वृद्धितर्फ छात्र एक हजार १९ जना र छात्रा एक हजार तीन सय ७३ जना गरी दुई हजार तीन सय ९२ जना रहेका छन् । जिल्लामा यस वर्ष पाँच जना दृष्टिविहीन विद्यार्थीले एसइई दिइरहेका छन् । जसमा तुलसीपुरमा रहेको स्रोत कक्षा गुरु जजुर माध्यमिक विद्यालयबाट तीनजना छात्र र एक जना छात्रा गरेर चार जना र आदर्श माध्यमिक विद्यालय लालमटियाबाट एक जना छात्रले एसइई दिन थालेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।  जिल्लाका १० वटै स्थानीय तहमा विद्यार्थीलाई पायक पर्ने गरी यो पटक परीक्षा केन्द्र निर्धारण गरिएको शाखा अधिकृत बञ्जाडेले बताउनुभयो । आज देखि १९ गते मङ्गलवार सम्म बिहान ८ बजेबाट ११ बजेसम्म परीक्षाको समय तालिका रहेको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे