दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु : शव अझै उठेन

दाङ २ चैत । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ घर भई तुलसीपुर उपमहानगरपालिका-९ गौरीशंकर टोलमा अन्टिको कोठामा बस्ने ९ वर्षकी दिपसिखा ओली रहेको प्रहरीले जनाएको छ ।
अन्टि संगिता खड्काको कोठामा बस्ने दुर्गा प्रसाद ओलीको छोरी दिपसिखालाई बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिदा टाउको र मुखमा चोट लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिए ।
बालिकाको शब घटना स्थलमै रहेको प्रहरी प्रवक्ता रानाले बताए । तुलसीपुर उपमहानगरपालिका-९ गौरीशंकर गौरीशंकर टोल देखी अटो भिलेज तर्फ जाँदै गरेको रा १ त ३२३९ नंम्बरको खाली ट्याक्टले पैदल यात्री दिपशिखालाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रवक्ता रानाले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अझै घटनास्थलमै रहेको छ ।
बालिकाको मृत्यु पछी आक्रोसित भएका आफन्तहरुले दोसीलाई कडा कारवाहीको माग गर्दै अझै शव उठाउन नदिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर बिनोदराज खत्रीले जानकारी दिए । अहिले आफु घटनास्थलमै रहेको बताउदै इन्स्पेक्टर खत्रीले पिडित पक्षसँग शव उठाउने बिषयमा सहमती हुन नसकेको बताए । आफन्तसँग समन्वय गरेर शव अस्पतालमा ल्याउने प्रयास भइरहेको उनले बताए । ट्याक्टर चालक फरार रहेको र साहुलाई पक्राउ गरी चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।