स्ववियु निर्वाचन : ऐरावती आदर्श बहुमुखी क्याम्पसबाट सभापतिमा ३ जनाको उम्मेदवारी



स्ववियु निर्वाचन : ऐरावती आदर्श बहुमुखी क्याम्पसबाट सभापतिमा ३ जनाको उम्मेदवारी

भालुवाङ २७ फागुन । दाङको राप्ती गाउँपालिकामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

आगामी चैत ५ गते स्ववियु चुनावका लागि नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) बीचको गठबन्धनबाट अखिल क्रान्तिकारी तथा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सभापतिमा उम्मेदवारी दिएको छ । निर्वाचन समितिका संयोजक आनन्द कुमार लामिछानेका अनुसार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सभापतिका लागि अनिल सुनार, नेपाल विद्यार्थी संघबाट प्रकाश पुन र अखिल क्रान्तिकारी र अखिल छैंठौ बीचको गठबन्धनबाट अखिल क्रान्तिकारीका विनोद कुमार सोनीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै अनेरास्ववियुबाट सचिवमा प्रकाश जेठारा, कोषाध्यक्षमा निमराज गौतमले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सदस्य पदका लागि शिवराम कंडेल, बबी कुमारी चौधरी मनिषा खड्का, सविन शर्मा र जालुमाया सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेपाल विद्यार्थी संघबाट सचिवमा भुवन भट्टराई, कोषाध्यक्षमा निसम पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सदस्य पदका लागि सुनसरी चौधरी, तारा कुमारी पुन, भोजराज पोख्रेल, लक्ष्मण चौधरी र सुवासना मल्लले उम्मेदवारी दर्ता गराएका छन् । भने अखिल क्रान्तिकारी र अखिल छैंठौ बीचको गठबन्धनबाट सचिवमा दिपक शर्मा, कोषाध्यक्षमा मन्दिप पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सदस्य पदका लागि अनिल चौधरी, मणिप्रसाद पौडेल, भुपिन्द्र परियार, सौरभ पोख्रेल र रविना कँवुरले उम्मेदवारी दर्ता गराएको अखिल क्रान्तिकारीका सभापतिका उम्मेदवार विनोद कुमार सोनीले जानकारी दिएका छन् ।

यस्तै समानुपातिक तर्फ अनेरास्ववियुबाट विश्वज्ञान केसी, विना कुमारी चौधरी, विनोद खत्री, थानेश्वर बोहरा, सम्झना कुमारी चौधरी, केशव सोमै मगर र वर्षा केसीले सदस्य पदमा उम्मेदवार दिएका छन् । नेपाल विद्यार्थी संघबाट निश्चल थापा, अदिप गिरी, हेमन्त पोख्रेल, वर्षा भट्टराई, विगम चौधरी, अनिता ज्ञवाली र सञ्जीव गिरीले सदस्य पदमा उम्मेदवार दिएका छन् । भने अखिल क्रान्तिकारी र अखिल छैंठौ बीचको गठबन्धनबाट निराजन शर्मा, गणेश विक, हिमाकुमारी राना थापा मगर, सुधीर दर्लामी मगर। जीवन सुवेदी, चञ्चल सुनार र फरिदा प्रविनले सदस्य पदमा उम्मेदवार दिएको निर्वाचन समितिका संयोजक आनन्द कुमार लामिछानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे